नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALL मा दिउँसो १ः३० बजे प्रदर्शन हुने भएको हो । त्यस्तै चलचित्रको दोस्रो शो कुवेतको फाहिल स्थित (अजीअल मल) मा दिनको ३ः ३० बजे प्रदर्शन हुने जानकारी दिईएको छ।
निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्मित ‘बोबि’ले नेपाल प्रदर्शनबाट दर्शकको राम्रो प्रतिक्रिया पाईसकेको छ ।
समसामयीक तथा व्यवहारिक जीवनमा आईपर्ने कथावस्तुमा आधारित यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सबै नागरिकलाई जीवन जिउन तथा संघर्षका निम्ती एउटा सन्देश दिने निर्देशन चाम्स बताउँछन् ।
नर्वेमा बस्दै आएका एक जोडी उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको चलचित्रमा उनिहरुकै अभिनय छ ।
नरेश भट्टराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्रमा नायक उमेश थापा, नायिका कविता गुरुङ, कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
नेपालमा यो चलचित्र असारको २९ गतेबाट रिलिज भएको हो ।
Post a Comment