नेपालीहरुको मुख्य खाद्यन्नको स्रोत भनेकै धान भएको र यसको उत्पादन बढाउन निश्चित समुदाय, व्यक्ति विशेष मात्रै नभइ युवाहरु समेत लाग्नुपर्ने सन्देश दिन यो अभियान गरिएको युवासंघ दोलखाका अध्यक्ष महाराज गुरुङले जानकारी दिए । अब युवालाई उत्पादनमा जोड्न तथा कृषकको मनोबल बढाउन यस्ता कार्यक्रम सञ्चालन हुनुपर्ने गुरुङको तर्क छ । त्यसैगरी वाइसियलका अध्यक्ष नवराज अर्यालले किसानलाई यस्ता कार्यक्रमले हौसला बढाउन मद्दत पुग्ने भन्दै यस्तो कार्यक्रम चलाएको बताए ।
रोपाईंमा नेकपाका डेढ सय भन्दा धेरै युवाहरु परिचालित थिए । तत्कालिन एमालेका जिल्ला पार्टी अध्यक्ष ईश्वर चन्द्र पोखरेल र माओवादीका नेता शंकर लामाले युवाहरुले विदेशी भूमिमा पसिना बगाउनुको सट्टा नेपालकै खेतबारीमा मिहेनत गर्नुपर्ने भन्दै आ–आफ्नो धारण ब्यक्त गरेका थिए ।
Post a Comment