Latest Updates :

मरिच बिक्री नहुँदा किसान मारमा

SHARE THIS POST :
भद्रपुर। तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ।
झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन्।

अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ। सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’समेत भनिन्छ।

गतवर्ष प्रतिकिलो मरिच रु एक हजार ६ सयमा घरबाटै बिक्री भएको थियो। यसवर्ष रु चार सयमा समेत बिक्री नभएको अर्जुनधारा–१० का दिनबन्धु पोखरेलले बताए। “मैले यसपाली छ सय किलो मरिच उत्पादन गरेको छु’, उनले भने–“तस्करी गर्न तेस्रो मुलुकबाट आयात गरिएको मरिचका कारण हाम्रो उत्पादन बिकेन ।”

बुद्धशान्ति गाउँपालिका–७ का योगेश निरौलाको पीडा पनि उस्तै छ। उनी तेस्रो मुलुकबाट मरिचको आयातमा प्रतिबन्ध लगाएमात्रै स्थानीय किसानको उत्पादनले उचित मूल्य पाउने बताउछन्।
मेची भन्सार कार्यालय काँकडभिट्टाले आव २०७४/७५ मा ९६ हजार ८०० किलो मरिच आयात भएको थियो। भन्सार प्रमुख टेकबहादुर अर्यालका अनुसार इन्डोनेसिया, श्रीलंकालगायत तेस्रो मुलुकबाट मरिच आयात गरिँदै आएको छ। यसरी आयात गरिएको मरिच तस्करी गरी भारतमा बिक्री हुने गरेको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले तीन दिनअघि मेचीनगर-६ भान्सा खोलाबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको ५०० किलोभन्दा बढी मरिच बरामद गरेको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger