Latest Updates :

घरमा बुवाको अपहरण, छोरो विश्वकपको मैदानमा

SHARE THIS POST :
अबुजा. नाइजेरियाको फुटबल टिमका कप्तान जोन ओबी मिकेलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल भन्दा केही समयअघि आफ्ना बाबुको अपहरण भएको खुलासा गरेका छन् । उनले यो खुलासा नाइजेरिया विश्वकपबाट बाहिरिएर घर फर्केपछि गरेका हुन् । मिकलले बाबुको अपहरण भएको केही घण्टापछि अर्जेन्टिनाविरुद्ध कप्तानीको जिम्मेवारीसहित खेलेका थिए । जुन खेलमा नाइजेरिया २-१ ले पराजित भयो ।

२६ जुनमा जोनका पिता मिकेल ओबीलाई उनका ड्राइभरसमेत अपहरण गरिएको थियो । २ जुलाईमा पुलिसले उनलाई अपहरण मुक्त गरायो । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ। जोनका अनुसार देशमा धेरै नै असुरक्षाको अवस्था छ जसका कारण मानिसहरु त्रसित अवस्थामा छन् ।

'यो कुनै ठुलो झट्का भन्दा कम थिएन', जोनले भनेका छन् । जोनका अनुसार अर्जेन्टिनाविरुद्ध मैदानमा उत्रिनु चार घण्टा अघि बाबुको अपहरण भएको खबर मिलेको थियो । 'म पूर्णरुपमा विक्षिप्त भएको थिएँ । म विश्वकपको मैदानमा उत्रने नउत्रने पुरै दोधारमा थिएँ', उनले भनेका छन्, 'तर अन्तिममा १८ करोड नाइजेरियाबासीको आशमा ठे नपुर्‍याउने बाचासहितत मैदानमा उत्रिएँ ।'

'बुबाको अपहरण भएको खबर पाएपछि केही समय स्तब्ध भए पनि त्यसपछि मैले सोच्न छाडिदिएँ, मैले आफैँलाई भने देश सबैभन्दा पहिले', उनले अगाडि भनेका छन्, 'बुवाको अपहरण भएको समाचार मैले मेरा कुनै खेलाडी साथीलाई पनि बताइँन । मेरो तनाव साथीहरुलाई पनि नपरोस भन्ने मेरो चहाना थियो । मैले यो घटनाबारे कसैलाई बताएँ भने मेरा पिताको ज्यान लिने धम्की अपहरणकर्ताले दिएकाले म विवश थिएँ । सोमबार बुवालाई रिहा गराउन सकेकोमा म भगवानसँग आभारी छु । म पुलिसलाई धन्यवाद दिन्छु, जसको प्रसासले बुबा अहिले परिवारसँग हुनुहुन्छ ।'

सात वर्षमा दोस्रो पटक जोनका बाबुको अपहरण भएको हो । जोनका अनुसार दोस्रो पटक उनलाई बाबु गुमाउने चिन्ताले सताएको थियो । 'नाइजेरियामा तपाईँको हैसियत के छ भन्ने कुराले कुनै अर्थ राख्दैन', उनले भनेका छन्, 'हरेक व्यक्तिले सुरक्षित माहोलमा रहने हक राख्छ । आज मेरो बुबासँग यस्तो भयो, भोली कोही अरुसँग पनि यस्तो हुन्छ ।' चेल्सीका मिडफिल्डर रहिसकेका जोन अहिले चीनको क्लब तियान्जिन तेदाका लागि व्यवसायिक फुटबल खेल्छन् ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger