कतिपय बाटो सुचारु हुने प्रतीक्षामा थिए । नारायणगढ–मुग्लिन सडकखण्डको जुगेडी, दासढुंगा, चार किलो, मुग्लिनमा सवारी जाम भएको थियो । दिनभर सवारीसाधनमा बसेकाहरूले आक्रोश पोखे । बाटो अवरुद्ध हँुदाको पीडाले आक्रोशित भएकाहरूले वैकल्पिक मार्गको व्यवस्था नभएको भन्दै सरकारको आलोचना गरे । घर फर्किन लागेका भरतपुर महानगरपालिका–७ का ठाकुरप्रसाद न्यौपानेले सडक सुरक्षामा सरकारको चासो नभएको भन्दै आलोचना गरे । ‘पहिरो खस्नुमा कसैको दोष भएन, हामी त मान्छौं तर एम्बुलेन्समा ल्याउने बिरामीलाई पहिरो खस्यो भनेर निको त हुँदैन नि !’ उनले बाटोको विकल्पको खोजी गर्नुपर्ने बताए । नारायणगढ तर्फबाट प्रवेश गर्ने सवारीसाधनलाई रामनगरमा रोकिएको थियो ।
सडक स्तरोन्नति भए पनि पहिरोका कारण यात्रुले बुधबार दिनभर सडकमै अलपत्र परेका थिए । तोपे खोलामा सवा पाँच बजे पहिरो खसेको हो । पहिरो करिब तीन हजार घनमिटरको पहिरो खसेको थियो । दुई स्थानमा खसेको ठूलो पहिरोले दिनभर नै सवारी जाम गरेको थियो ।
बाटो अवरुद्ध हँुदा पछाडीका सवारी साधनले जथाभावी ओभरटेक गर्दा बाटो सुचारु गर्न समय लाग्ने गरेको छ । पानी परेपछि कहाँ कतिखेर पहिरो जान्छ भन्ने अनुमान गर्न सकिँदैन । मुख्य गरेर तोपे खोला र चार किलोलाई पहिरोको बढी जोखिम भएको क्षेत्र मानिएको छ । असार सुरु भएलगत्तै पटक–पटक पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । सडक स्तारोन्नति भएपछि पहिरोका कारण नारायणगढ मुग्लिन सडकको यात्रा जोखिमपूर्ण बनेको छ ।
Post a Comment