Latest Updates :

प्रदेश नम्बर एक स्तरीय युवा महोत्सवको घोषणा पत्र प्रदेश सरकारलाई हस्तान्तरण

SHARE THIS POST :

मुना अधिकारी
इलाम / इलाममा भएको एक नम्बर प्रदेश स्तरीय तीन दिने युवा महोत्सवले सिङ्गो एक नम्बर प्रदेशका युवाहरुको दृष्टिकोण सहित १५ बुदेँ घोषणापत्र तयार पारी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ । महोत्सवमा उपस्थित जिल्लाका प्रतिनिधि,बिभिन्न संघसंस्था राजनीतिक दल,युवा नेता लगायतले दिएका सुझावहरुसहित नीति,नियम र कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदैँ घोषणापत्र तयार गरिएको हो । एक नम्बर प्रदेशमा युवाहरुको क्षेत्रमा कार्य गर्नका लागि युवाहरुसँग सम्बन्धित स्पष्ट व्यवस्थित तथ्यांकहरुको अभाव भएकाले तथ्यांक संकलन र व्यवस्थित अभिलेख राख्नमा प्रदेश सरकार समक्ष अपिल गरेको छ ।
राष्ट्रिय युवा परिषद्को संरचना पुर्नगठन र समायोजन गर्नुपर्ने र सघींयताको मर्म,भावना विपरित नहुने गरि संघ,प्रदेश र स्थानीय सरकारले संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएको छ । प्रदेश नम्बर एकलाई कृषि,पर्यटन तथा जलस्रोतको माध्यमबाट रोजगारी सिर्जना गरि प्रदेशका युवाहरुलाई रोजगार उपलब्ध गराउन,युवाहरुको प्रतिभा पहिचान तथा संरक्षण केन्द्र स्थापना गर्नु पर्ने तथा वैदेशिक रोजगारीमा सिर्जना भएका समस्याहरुलाई समाधान गर्न वैदेशिक रोजगार सहयोग तथा परामर्श केन्द्र स्थापना गर्न महोत्सवको घोषणपत्रले महत्वपूर्ण भूमिका खेल्नेछ ।

यस्तै लागू औषधको दुव्र्यसनी तथा ओसार पसारको समस्यालाई प्रदेशस्तरीय सचेतना अभियान संचालन गर्ने,गुणस्तरीय र व्यवसायिक शिक्षालाई प्रवद्र्धन गरि युवाहरुलाई उद्यमशीलता र रोजगारीमा जोड्न स्थानीय तहले व्यवसायिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । यस्तै युवाहरुले उद्यम गरि उत्पादन गरेका बस्तुले उचित बजार पाउन सकेका छैनन् यस्ता समस्यालाई चिर्नका लागि बजार क्षेत्रमा देखिसीमा सबै प्रकारका सिण्डिकेटहरु तोड्नुपर्नेमा प्रदेश सरकार समक्ष अनुरोध गरेको छ ।
“सम्वृद्ध नेपाल र सुखी नेपाली” भन्ने नारालाई आत्मसाथ गर्दै यो नारालाई सफल बनाउन प्रदेशका युवाहरुलाई अनुशासित,उद्यमी तथा कर्मण युवा बनाउन जरुरी देखिन्छ । युवाहरुको स्वास्थ्य,खेलकुदको क्षेत्रमा उत्कृष्ट प्रदेशको रुपमा चिनाउन,“युवा र विकास”सवालमा प्रदेशस्तरीय युवा सम्मेलन गर्न अपिल गरेको छ ।

प्रदेश नम्बर एकमा भएका सांस्कृतिक विविधता तथा मौलिक उत्पादनलाई संरक्षण र सम्बद्र्धन गरी युवाहरुको समग्र विकास र सशक्तिकरणलाई ध्यानमा राखेर आगामी पाँच वर्ष भित्र युवाहरुको विकासमा प्रदेश नम्बर एकलाई नेपालकै नमुना प्रदेशका रुपमा स्थापना गर्न राष्ट्रिय युवा परिषद् प्रदेश सरकार र सबै स्थानीय सरकार समक्ष अनुरोध गर्दैृ महोत्सवको समापन कार्यक्रममा युवा घोषणात्र प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्रि जीवन घिमिरे समक्ष हस्तान्तरण गरिएको हो । युवा महोत्सबले समग्र युवाका हितमा कार्य गर्न र युवाहरुसम्बन्धी नीति, कार्यक्रम बजेटलाई समेत युवा लक्षित बनाउनमा ध्यान दिने एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले अवको भविष्य युवाहरुको भएकाले समाजवादको आधार युवापिडीँले पूरा गर्ने बताए । युवा महोत्सवले तयार पारेको समय सापेक्ष्ति भएकाले सरकारको नीति निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger