Latest Updates :

पलसंग चित्त दुखेको हो, सम्बन्ध बिग्रिएको होईन

SHARE THIS POST :
पछिल्लो समय विभिन्न व्यक्तिहरुसंग नाम जोडिएर खबर बनेकी पुजा यतिबेला सामाजिक सञ्जाल र मिडिया दुबैमा खासै खुलिरहेकी छैनन । विभिन्न खाले बिवादमा बिना सित्ती पारिएको भन्दै उनी यतिबेला निकै सजग बनिरहेकीछिन् भने मिडियासंग उनको गुनासो पनि छ । बिषेशगरी उनको नाम पछिल्लो समय  प्रदिप खड्का र पल शाहसंग जोडिएर आईरहेका छन् ।

उनलाई बिषेशगरी काम गरुञ्जेल आफनो नायकलाई च्याप्ने र रिलिजपछि सम्बन्ध खासै राम्रो नहुने भन्ने आलोचना खेप्ने गरेकीछिन् । प्रदिपसंग उनको सम्बन्ध सुधार भईसकेको छ तर पल शाहसंग भने उनको सम्बन्ध खासै नरहेको चर्चा चल्ने गरेको छ । यसबारेमा एक मिडियासंग बोल्दै उनले पलसंग आफनो सम्बन्ध राम्रो रहेको बताएकीछिन् । उनले आफुले तत्काललाई काम गरिरहेको नायकलाई नै सपोर्ट गर्नु पर्ने बताईन। ‘रामकहानी’को लागि सुरुवातमा पलसंग कुराकानी भएको तर पलले वास्ता नगरेको पुजाले यसअघि नै बताईसकेकीछिन् । यसबारेमा उनले भनिन्  ‘पलसंग अलिकति चित्त दुखाई हो आफनै कोस्टारले वास्ता नगर्दा । उ संग मेरो सम्बन्ध अहिले पनि राम्रै छ।

भबिष्यमा पनि पलसंग काम गर्न इच्क्षुक रहेको बताउँदै आएकी पुजाले रामकहानीको रिलिज डेट भदौ २२ मा नै प्रदिपको रोजी, सुश्री सम्पत्तीको समेत रिलिज जुध्दा भने केही मन दुखाएकी छिन् । प्रदिप र आफनो सम्बन्धलाई लिएर पनि तेस्रो पक्षले फाईदा उठाउँन खोजेको जस्तो अनुभव गरेको उनको भनाई छ तर उनी भन्छिन्’मलाई विश्वास छ भदौ २२ मा दर्शकले ‘रामकहानी’ लाई नै रोज्नु हुन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger