Latest Updates :

नेपालको ईतिहासले न त रवि जस्तो ब्यक्ति हिजो पाएको थियो न त भोली नै पाउने छ। (भिडियो सहित)

SHARE THIS POST :
तीन करोड नेपालीको मुटुको ढुकढुकी हुन पत्रकार हुन रवि लामिछाने।
कर्ण बहादुर अधिकारी।
बिश्व कृतिमानी धारी रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन।बिभिन्न उपमा दिए पनि उपमाको काफी नहुने ब्यक्ति रवि केहि बर्षको अमेरीका बसाई पश्चात अमेरीकाको सुख सयल परीत्याग गर्दै नेपाली माटोको धुलोसंगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ति बन्ने उदेश्य लिएर अमेरीकाको पासपोर्ट र ग्रिन कार्ड परी त्याग गरी नेपाल भित्रीएका हुन।नेपाल सरकारको आधिकारीक कार्यक्रम“सिधा कुरा प्रधानमन्त्रीसंग” चलाएर चर्चा परीचर्चा कमाएका रविलाई राजनैतिक खिचातानीका कारण त्यस कार्यक्रमबाट हटाएसंगै न्युज २४ बाट “सिधा कुरा जनतासंगको” कार्यक्रम संचालनमा ल्याए।

आज उक्त कार्यक्रम ३ करोड नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ।राम शाहको पालामा “न्याय नपाए गोरखा जानु” भन्ने जनश्रुति हामीले सुन्दै आएका छौ भने आज रवि लामिछानेको पालामा न्याय नपाए “सिधा कुरा जनतासंग”भन्ने कार्यक्रममा जानु भन्ने बुझिएको छ।कर्मचारीहरूबाट ठगिएका,पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका,दलालबाट बिदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुबिधा नपाई सुबिधाबाट बन्चित भएकाहरूको न्यायको प्रतिमुर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासंग भन्ने कार्यक्रम।उक्त कार्यक्रमबाट नेपाली जनताले प्रष्ट रूपमा न्याय पाई रहेका छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger