Latest Updates :

नयाँदिल्लीमा भीषण वर्षा, यातायात प्रभावित

SHARE THIS POST :
नयाँदिल्ली। भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ।

मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने चेतावनी दिएको छ। दिल्ली प्रहरीले बैकल्पिक मार्गहरु प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरिरहेको छ।

दिल्लीको मौसमको बारेमा जानकारी दिने सफदरजंग अब्जरभेटरीका अनुसार बिहीबार राति ४५.८ मिलिमिटर वर्षा भएकोमा आज शुक्रबार बिहानसम्म ३७.४ मिलिमिटर वर्षा भएको छ।

दिल्लीका जाकिर हुसैन कलेज, रामलीला मैदान लगायतका क्षेत्रहरुमा वर्षादको पानी जमेको छ। वसन्तकुञ्जबाट इन्दिरा गान्धी विमानस्थलसम्मका मार्गहरु पनि जलमग्न भएका छन्। नयाँदिल्लीका कतिपय स्कुलहरु बन्द गरिएका छन्।पिटीआई

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger