Latest Updates :

भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी, दिल्लीबाट १६ महिलाको उद्धार

SHARE THIS POST :
भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो ।



उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो ।



मंगलवार राति स्थानीय समयानुसार राति १ः३० बजे छापा मारेर उनीहरूको उद्धार गरिएको हो । महिला तस्करमा संलग्न दलालहरूले उनीहरूलाई फकाइ–फुलाइ भारत पुर्‍याएको बुझिएको छ ।



भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलालहरूले नेपाली महिलाको राहदानी (पासपोर्ट) खोसेर आफूसँगै राखेका थिए । १६ जनालाई एउटा सानो कोठामा राखिएको थियो ।



दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा खटिएको टोलीले नेपाली महिलाको उद्धार गरेको हो ।

करिब ८ महिना अगाडिदेखि दिल्लीबाट कुवेत र इरानतर्फ महिला तस्करी भइरहेको प्रारम्भिक जाँचबाट खुलेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger