Latest Updates :

जापानमा आइलाग्यो ठुलो बिपत्ति, यस्तो छ अहिले त्यहाँको दुर्दशा : सयौं मरे, २० लाख बढी घरबार विहीन, १४ हेलिकप्टर सहित उद्धारकार्यमा हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना परिचालन (भिडियो)

SHARE THIS POST :
जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण सोमबारसम्ममा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ। त्यस्तै ५० भन्दा बढी अझै वेपत्ता भएको जापानी टाइम्सले जनाएको छ।

हराएकाको खोजी तथा उद्धारकार्यमा १४ हेलिकप्टर सहित हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना परिचालन गरिएको छ। धेरै जसोको मृत्यु पहिरोमा पुरिएर भएको बताइएको छ।

केही दिनयताको अविरल वर्षाले बाढी र पहिरो निम्त्याएपछि जोखिम स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको सरकारी अधिकारीहरूले जनाएका छन्।

जापान मौसम विभागका अधिकारीहरूले यस्तो भीषण वर्षा आजसम्म नदेखेको बताएका छन्। उनीहरूका अनुसार बिहीबारदेखि यो क्षेत्रमा साविक जुलाइ महिनामा हुने वर्षाभन्दा तीन गुणा बढी वर्षा भइसकेको छ।

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको छ। त्यसैगरी शनिबारदेखि हिरोसिमा, क्योटोलगायतका सहरमा पनि भारी वर्षा भएको छ।

पहिरोमा पुरिएकाहरूलाई निकाल्न सोमबार बिहानैदेखि उद्धार फेरि सुरु गरिएको छ। वर्षा विस्तारै कम हुँदै गएकाले यहीबेला आपतकालीन टोलि सबभन्दा बढी प्रभावित क्षेत्रमा उद्धार निम्ति जाने बताइएको छ। बाढीका कारण सबभन्दा धेरै मृत्यु हिरोसिमामा भएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger