यूरोपेली क्लब फुटबलका सुपरस्टार खेलाडीहरुले भरिएको बेल्जियमको टोलीलाई गोल्डेन जेनरेसन, अर्थात सुनौलो पुस्ताको उपनाम दिइएको छ । यो पुस्ताले बेल्जियमलाइ रुस विश्वकप जिताउन सक्ने विश्वास विश्वभरका फ्यानहरुले गरेका छन् ।
बेल्जियमले विश्वकप जित्न अब्बल रहेको प्रमाण क्वाटरफाइनलमा पाँच पटकको विश्वकप विजेता र यसपटकको पनि उपाधी जित्ने प्रमुख दावेदारी प्रस्तुत गरेको ब्राजिललाइ हराएर दिएको थियो । ब्राजिलविरुद्धको खेलमा बेल्जियमले परिपक्व खेलमा प्रस्तुत गर्ने, फुटबल खेल कसरी जितिन्छ भन्ने उदाहरण पनि देखायो ।
ब्राजिलविरुद्ध खेलको पहिलो हाफमै दुइ गोलको अग्रता बनाउन सक्नु बेल्जियमको खेल जित्ने सबैभन्दा ठूलो विश्वास बन्यो । दोस्रो हाफमा निरन्तर ब्राजिलले खेल आफ्नो पक्षमा राखेपनि बेल्जिमय अतालिएन । बरु पाएको मौकामा काउन्टर अट्याक गर्दै ब्राजिललाइ नै दबाव दिइरह्यो ।
अब उपाधी नजिक पुग्नका लागि बेल्जियमकाअघि पूर्व विजेता फ्रान्स तगारोे बनेको छ । तर फ्रान्सको चुनौती पनि बेल्जियमले पन्छाउनेमा फुटबलप्रेमी ढुक्क छन् ।
कसरी शक्ति राष्ट्रि बन्यो बेल्जियम ?
बेल्जियमका प्राय सबै खेलाडी यूरोपका प्रतिष्ठित क्लबबाट व्यवासायिक फुटबल खेल्छन् । विश्वकपमा कप्तानी गरिरहेका एडेन हजार्ड चेल्सिका प्रमुख खेलाडी हुन् । प्रिमियर लिगमा पछिल्लो केही वर्षयता चेल्सिको खेल हजार्डकै प्रदर्शनमाथी निर्भर छ ।
हजार्डलाइ स्पेनिस क्लब रियल मड्रिडले आफ्नो प्रमुख खेलाडी बनाएर भित्राउने दाउमा छ । मिडफिल्डमा हजार्डको प्रदर्शन जादुयी हुने गरेको छ । हजार्ड गोल गर्न तथा टोलीका साथी खेलाडीलाइ गोलका अवसर सिर्जना गर्न माहिर मानिन्छन् ।
बेल्जियमका अर्का सुपरस्टार फवार्ड हुन्, केभिन डी ब्रुएना । डी ब्रुएनाकै प्रदर्शनमा गत सिजन म्यानचेष्टर सिटीले प्रिमियर लिगमा एक सय अंकको इतिहास रच्दै उपाधी जितेको थियो ।
डी ब्रुएना सिटीका लागि गत सिजन मष्ट भ्यालुएबल प्लेयर पनि घोषित भएका थिए । डी ब्रुएना मिडफिल्डका जादूगर मानिन्छन् । पछिल्लो पाच सिजन गता यूरोपको क्लब फुटबलमा उनले जति गोलका अवसर अन्य कुनैपनि खेलाडीले सिर्जना गरेका छैनन् । थप जानकारीका लागि भिडियो हेर्नुहोस्
Post a Comment