Latest Updates :

घाइते प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने शर्मा मन्त्री बन्दै

SHARE THIS POST :
काठमाडौं, ८ श्रावण  ।राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ ।



राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।



तर प्रहरीले उनलाई फरार रहेको भन्दै हालसम्म पक्राउ गरेको छैन । ‘प्रहरीका आँखामा फरार रहे पनि उनी मधेसमा खुलमखुला हिँडिरहेका थिए,’ राजपाका एक नेताले भने, ‘अब त मन्त्री नै हुने भए, कसले पक्रने ?’ उनी महोत्तरी ३ (क) क्षेत्रबाट निर्वा्चित प्रदेशसभा सदस्य हुन् ।



शर्माका साथै प्रदेश २ मा राजपाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सुरेश मण्डल र भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झालाई पठाउने निर्णय गरेको छ ।



झा, राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् ।बाटोमै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्ना पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो । कान्तिपुरमा खबर छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger