संचारमाध्यमका अनुसार संजूमा रणबीर कपुरले गरेको भूमिका हेरेर सर्किटको रोल उनलाई दिन लागिएको हो। संजय दत्त र रणबीर कपुरको अन स्क्रीन केमिस्ट्री हुने अनुमान गरिएको छ। यद्यपी निर्देशक राजकुमार हिरानीकातर्फबाट यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर रणबीरले भने सर्किटको भूमिका निर्वाह गर्न सकारात्मक भएको बताइएको छ।
रणबीरले अभियन गरेका मध्ये संजू सबैभन्दा हिट फिल्म हो। यसअघि रणबीरको ‘ये जवानी है दीवानी’ (२०१३) ले ११२.१४ करोड कमाएको थियो। ‘ए दिल है मुश्किल’ (२०१६) ले पनि ११२.१४ करोड कमाएको थियो। फिल्म बर्फीले कुल कमाइ १०६.११ करोड थियो। संजूका कारण जुलाइको दुई हप्तासम्म कुनै ठूला फिल्म रिलीज भएका थिएनन्।
Post a Comment