Latest Updates :

प्रियंकाको हट बेड सिनबारे साम्राज्ञीले यस्तो भनिन्, आर्यन भन्छन्, भर्खर इन्गेजमेन्ट भाथ्यो

SHARE THIS POST :

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पुस्ताकी लोकप्रिय अभिनेत्री सम्राज्ञी राज्य लक्ष्मी शाह र लोकप्रिय अभिनेता आर्यन सिग्देल यतिबेला चलचित्र कायराको प्रोमोसनमा व्यस्त छन्। आर्यन सिग्देल निर्माता समेत रहेको यो चलचित्र यहि साउन १८ गते देखि प्रदर्शनमा आउंदैछ ।

यसैबीच केही दिन देखि चलचित्र कथा काठमाडौंको एउटा गीतले सामाजिक संजाल देखि संचार माध्यम समेत तताइरहेको छ । उक्त गीतको भिडियोमा बेडसिन देखाइएपछि उक्त गीत मात्र नभएर निर्माता, निर्देशक लगायत कलाकार पनि विवादमा तानिएका छन्। उक्त भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद रहेका छन्।

यस प्रसङ्गमा अभिनेत्री साम्राज्ञीले आफूलाई उक्त भिडियोको बारेमा जानकारी नभएको र नहेरेको बताएकी छिन्। अभिनेता तथा निर्माता आर्यन सिग्देलले भने केही दिन अगाडी मात्र प्रियंकाको इङ्गेजमेन्ट भएको र इन्गेजमेन्ट भए लगत्तै त्यस्तो सिन देख्दा अचम्भित भएको बताएका छन्।

चलचित्र कायराका निर्माता आर्यन सिग्देललाई एक नेपाली लेखकले आफ्नो फेसबुक स्टाटसलाई चलचित्रको डायलग बनाएको भन्दै चोरीको आरोप लगाएका थिए। आर्यनले भने फेसबुकको एक लाइन स्टाटस चलचित्रको डायलग संग मिल्नु सामान्य रहेको बताउंदै त्यसले आफूलाई कुनै पनि असर नगरेको बताएका छन्।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger