काठमाडौं । चलचित्र इन्टु मिन्टू लन्डनमाको गीत सार्वजनिक भएको छ । गीत सार्वजनिक भएपछि धेरै दर्शकश्रोताले राम्रो प्रतिक्रिया दिइरहेको यस चलचित्रकी निर्देशक रेनशा बान्तवा राई बताउँछिन्।
रेनशा बान्तवा राई प्रख्यात कोरियोग्राफर हुन् । कोरियोग्राफीमा सफलता हासिल गरेपछि उनले इन्टु मिन्टू लन्डनमा मार्फत निर्देशनमा हात हालेकी छिन् । उनको काम संगै सुन्दरता र उनको व्यक्तित्वको चर्चा हुने गर्छ । रेनशा आफूले अभिनेता तथा अभिनेत्रीको लुक्समा मार्गनिर्देश गर्नुपर्ने भएकाले आफूलाई पनि त्यही अनुसार अपडेट राख्नुपर्छ भन्ने मान्यता राख्छिन्।
इन्टु मिन्टू लन्डनमा चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले मूख्य भूमिका निर्वाह गरेका छन्। धिरज मगरले यही चलचित्र मार्फत चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । धिरज र साम्राज्ञीको केमेस्ट्री मिलेकोले गीत सार्वजनिक भएपछि धेरैले उनीहरु वास्तविक जीवनमै जोडी भएको शंका गर्दै आफूलाई प्रश्न राख्ने गरेको रेनशा बताउंछिन्।
चलचित्र इन्टु मिन्टू लन्डनमा आगामी असोज ५ गते रिलिज हुने बताइएको छ । यस चलचित्रको छायांकन लन्डनमा गरिएको हो।
Post a Comment