Latest Updates :

रसुवाको टिमुरेमा पहिरोमा परी चार जनाको मृत्यु, पाँच बेपत्ता

SHARE THIS POST :

काठमाडाैँ।  वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र नजिकै रहेकाे एक घर पहिरोले पुरिँदा चार जनाकाे मृत्यु भएकाे छ भने पाँच जना बेपत्ता भएका छन्।

बुधबार राति १२ बजे रसुवाको टिमुरेमा गएको पहिरोले प्रहरी चौकीसहित एउटा घर बगाएको हाे। रसुवाका डिएसपी सन्तोष तामाङका अनुसार पहिरोले तीन घरमा क्षति भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो। सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger