काठमाडौं। पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । बस त्रिशुली नदीमा खसेको बताइएको छ । चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटार मा सडकबाट बस नदीमा खसेको हो ।
दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । बसमा के कति यात्रु थिए र के कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आएको छैन ।
Post a Comment