Latest Updates :

किन भयो ३५ लाखको पुल सामाजिक सञ्जालमा भाईरल ?

SHARE THIS POST :
म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका जोड्न फेदीस्थित दाङखोलामा ३५ लाख खर्चिएर निमार्ण गरिएको अस्थायी बेलिब्रिज विवादित बनेको छ । ठुलो रकम खर्च गरिएको भनिएपनि सल्लाको काठ प्रयोग गरिएका १८ मिटर लामो पुल भनेजति खर्च भएजस्तो देखिदैन ।

गाँउपालिकाको ३३ लाख २८ हजार तथा २ लाख ८४ हजार बराबरको जनश्रमदानबाट पुल निर्माण भएको गाँउपालिकाको दाबी छ । अहिले सामाजिक सञ्जालमा ३५ लाख पुल भन्दै आलोचित भैरहेको छ ।

पुलमा ८ ओटा फलामको बिम प्रयोग गरिएको छ भने फलामका बिम माथि सल्लाका काठ बिछ्याइएको छ । खोलाबाट पाँच मिटर २० सेन्टिमिटर अग्लो तीनवटा पक्की पिल्लर राखिएको छ ।

दायाँ बायाँको पिल्लरको चौडाई चार मिटर र बिचको पिल्लरको चौडाई तिन मिटर ७० सेन्टिमिटर रहेको छ । धौलागिरी गाउँपालिकाले यो पुललाई स्थानीय गौरबको आयोजननाको रुपमा लिएको थियो ।

सामाजिक सञ्जाल तथा समाचार आएपछि गाँउपालिकाले प्रेस विज्ञप्ती नै जारी गरेर पुलको हिसाब किताब सार्वजनीक गर्दै अनियमितता नभएको दाबी गरेको छ ।

भौगोलिक अवस्था र फलामका बिम ढुवानी तथा पिल्लर निमार्णमा ठुलो रकम खर्च भएको विज्ञप्तीमा उल्लेख छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger