एजेन्सी। ब्राजीलकी एक मोडलले क्यालिफोर्नियाको एक होटलमाथि विचित्रको आरोप लगाउँदै मुद्दा दायर गरेकी छन्। ब्राजीलकी मोडल सबरीना जेल्स सेन्ट पियरेले क्यालिफोर्नियाको पाम डेजर्ट एम्ब्यासी सुइट्स होटल विरुद्ध मुद्दा दायर गरेकी हुन्। उजुरीमा उनले आफू उक्त होटलमा उडुसले टोकेको र त्यही कारणले आफ्नो करियर र जिन्गदी दुवै वर्वाद भएको जिकिर गरेकी छन्।
मोडल सबरीनाका अनुसार २०१६ मा उनी क्यालिफोर्नियाको पाम डेजर्ट एम्ब्यासी सुइट्स होटलमा बसेकी थिइन्। त्यस क्रममा उनलाई उडुसले टोकेका थिए। उनको शरीरको धेरै भागमा उडुसले टेकेको र घाउ चाँडै निको नभएको उनले दाबी गरेकी छन्।
उनले होटलका गल्तीका कारण आफ्नो मोडलिङ करियर प्रभावित भएको आरोप लगाएकी छन्। उनले आफूलाई शारीरिक रुपमा मात्रै नभएर भावनात्मक रुपमा पनि कष्ट भएको दाबी गरेकी छन्। त्यही कारण आजपनि आफूले डरलाग्दो सपना देख्ने गरेको उनको भनाइ छ। उडुसले टोकेका घाउका कारण आफ्नो करियर र जीवन वर्वाद भएको आरोप लगाएकी छन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार जुन होटलमा सुरबीना बसेकी थिइन्, त्यहाँ स्पष्ट रुपमा होटलमा उडुस आंतक र त्यसबाट आफैं बच्नुस भन्ने सन्देश लेखिएको थियो। तर सरबीनाले त्यस सन्देशमा ध्यान नदिइ होटलमा कुनै सावधान बसेकी थिइन्। यो विषयमा अहिलेसम्म होटलकातर्फबाट उनै प्रतिक्रिया सार्वजनिक भएको छैन।
Post a Comment