Latest Updates :

१ अर्ब नोक्सान गराउने कुकुरलाई जिउँदो वा मुर्दा समात्नेलाई ८० लाख इनाम

SHARE THIS POST :
कोलम्बिया विश्वमा ड्रग तस्करीको लागि अखाडा मानिन्छ। यहाँ ड्रग तस्किरीले वर्षौ देखि जडा गाडेको छ। ड्रग तस्करबाट हैरान भएको यहाँको प्रहरीले अहिले एउटा नयाँ तरिका अपनाएको छ। त्यो के भने ड्रग तस्करलाई नियन्त्रण गर्न सोंब्रा नाम को एउटा कुकरलाई परिचालन गरिएको छ। यो कुकरले २ वर्ष मा १ अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको ड्रग समाउन मद्धत गरेको छ। अनि यो विशेष कुकरबाट हैरान भएका तस्करहरुले यो कुकर जिउँदो वा मृत बुझाउनेलाई ८० लाख रुपैयाँको इनाम राखेको छ। तस्करका अनुसार सोब्रालाई जिउदो वा मृत ल्याउने मानिसलाई ८० लाख रुपैयाँ दिइने छ।

केलम्बिया प्रहरीले यो कुकरको बारेमा ट्वीट गर्दै मानिसहरुलाई जानकारी गराएको छ। जर्मन शेफर्ड सोब्रा २ वर्ष देखि कोलम्बिया प्रहरी विभागमा काम दर्गै आएको छ। रिपोर्ट अनुसार यो कुकुरको सहाताले अहिले सम्म यहाँको प्रहरीले २४५अपराधिहरुलाई नियन्त्रणमा लिन सफल भएको छ।



पहिलो पटक सोब्राले सन २०१६ को मार्च महिनामा पहिलो केस समाधान गर्न सफल भएको थियो। त्यसबेला यसले आफ्नो विशेष सुँघने क्षमताको आधारमा केराको बाकसमा लुकाएर राखेको २९५८किलो कोकिन समात्न सहयोग गरेको थियो। यो बाकसलाई बेल्जियम तस्किरी गरिदै थियो।

यस पछि सोब्राले मे महिनामा बेल्जियम पठाइदै गरेको १.१ टन कोकीन समातेको थियो। सोब्रा बुलेटप्रुफ गाडीमा यात्रा गर्छ।

यसको सुरक्षामा २ जना विशेष बंन्दुकधारीहरु पनि हुन्छन्। यसलाई एयरपोर्टमा खटाइएको छ। पीक आवरमा करिव ५घण्टाका लागि यसलाई डिउटीमा राखिन्छ। सोब्रासँगै कामगर्ने प्रहरीहरुका अनुसार यो अरु कुकुरहरुभन्दा तीक्ष्ण बुद्धीको छ। यसको उमेर करिब ६ वर्षको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger