उनीहरुको उद्धारकार्य लगातार जारी छ । फिफाका अध्यक्ष इन्फेन्टिनोले थाइल्याण्ड फुटबल संघलाई लेखेका छन् ‘जस्तो कि हामी सबैले आशा गरेका छौं यी किशोरहरु छिट्टै आफ्नो परिवारसँग सुरक्षित फर्कनेछन् र उनीहरुको स्वास्थ्यले उनीहरुलाई रुस यात्राको अनुमति दिनेछ । फिफा उनीहरुलाई विश्वकप फुटबलको फाइनलमा आमन्त्रित गरेर निकै खुसी महसुस गर्नेछ । मलाई पूरा यकिन छ कि उनीहरु फाइनलमा हाम्रा विशेष अतिथि हुनेछन् ।
विश्वकपका क्रममा भएको यो घटनाले खेलाडीको पनि ध्यान तानेको छ । इङल्याण्डका डिफेण्डर जोन स्टोन्सले भनेका छन् कि ‘मेरो यसबारेमा साथी खेलाडीहरुसँग चर्चा भएको छ । यो निखै दुखद छ । मलाई विश्वास छ कि उनीहरुलाई छिट्टै समस्याबाट सकुशल बचाइनेछ ।’ जापानको टिमले उनीहरुको समर्थनमा एउटा भिडियो जारी गरेको छ ।
ब्राजिलका दिग्गज फुटबलर रोनाल्डोले यो स्थितिलाई निकै भयानक बताएका छन् । रोनाल्डोले भनेका छन् ‘फुटबलको संसार यो प्रार्थना गर्छ कि उनीहरुलाई त्यहाँबाट निकाल्न छिट्टै कुनै उपाय आउनेछ ।’ लिभरपुलका कोच जुर्गेन क्लोपले भिडियो सन्देशमा भनेका छन् ‘मजबुत बनिरहनु हामी तिमीहरुको साथमा छौं । हामी हरेक सेकेण्ड यो आशा गरिरहेका छौं कि तिमीहरु गुफाको अँध्यारोबाट निस्केर उज्यालोमा आउनेछौ । हामी धेरै आशावादी छौं ।’
Post a Comment