Latest Updates :

अमेरिकामा नेपाली युवतीमाथि अन्धाधुन्ध गोली प्रहार युवक पक्राउ

SHARE THIS POST :
अमेरिका । अमेरिकाको ओक्लाहोमा रहेको एटोका शहरस्थित एक पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार युवक पक्राउ परेका छन्।

ओक्लाहोस्थित पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि गोली प्रहार गर्ने १८ वर्षीय जिमुन टेज हिल नामक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले ती युवकलाई घटनामा प्रयोग भएको हतियारसहित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो। उनले के कारणले युवतीमाथि गोली प्रहार गरे भन्ने बारे खुलेको छैन्। उनी भर्खरै अपराधिक क्रियाकलापमा संलग्न हुन खोजेको प्रहरीले अनुमान गरेको छ। यसअघि उनका नाममा कुनै अपराधको रेकर्ड नभेटिएको प्रहरीले जनाएको छ। 

गत सोमबार बड्डी ह्यान्डी मार्ट नामक पेट्रोल पम्प नजिकै रहेकी नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो। नेपालको गोरखा घर भएकी रचना श्रेष्ठमाथि जिमुन टेज हिल नामक युवतकले गोली चलाएका थिए।

शरीरका विभिन्न भागमा ८ वटा गोली लागेकी श्रेष्ठको अवस्था गम्भिर रहेको पारिवारीक स्रोतले जनाएको छ। गम्भिर घाइते श्रेष्ठको अहिले स्थानीय सेन्ट फ्रान्सिस हस्पिटलमा उपचार भइरहेको छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger