Latest Updates :

खेल जिते पनि हारेकै सरह भयो रसियालाई !खेल मैदानमै रसियालाई यति ठुलो सजाय किन

SHARE THIS POST :
रुसका प्रशंसकले रंगभेदी ब्यानर प्रदर्शन गरेको भन्दै फिफाले जरिवाना तिराएको छ । उरुग्वेसँगको खेलमा रुस ३–० पराजित भएको खेलमा रुसका प्रशंसकले रंगभेदी ब्यानर पदर्शन गरेको अन्तर्राष्ट्रि फुटबल महासंघ फिफाले जानकारी दिएको छ ।

खेल चलिरहेका बेला रुसका प्रशंसकले रंगभेद झल्किने खालको ब्यानर प्रर्दशन गरेको भन्दै फिफाले १० हजार स्विस प्र्mाक्स जरिवाना गरेको हो ।

त्यस्तै स्विडेनसँगको खेलमा मेक्सिकोका प्रशंसकले बोतल तथा विभिन्न बस्तु फालेकाले मेक्सिकोलाई पनि ११ हजार ५ सय पाउण्ड जरिवाना लगाइएको छ ।

यसैैबीच सर्बियाले ब्राजिलसँगको खेलमा राजनीतिक तथा अपमानजनक शब्दसहितको ब्यानर प्रदर्शन गरेका कारण फिफाले उसलाई १५ हजार पाउण्ड जरिवाना लगाएको छ ।

गएको हप्ता गोल गरेको खुशी मनाउने क्रममा राजनैतिक सन्देश झल्किने हाउभाउ देखाएका कारण ३ जना स्विस खेलाडीलाई फिफाले कारबाही गरेको थियो ।

र स्पेनसँगको २–२ को बराबरीमा खेल सकिएपछि मोरक्कोका टेक्निकल स्टाफले मैदानमै अवरोध पुर्याएकाले फिफाले उसलाई ५० हजार पाउण्ड जरिवाना तोकेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger