एजेन्सी। क्यानडाका एरिक अब्रामोविट्ज नामका युवकले आफ्नी पूर्व प्रेमिका जेनिफर ली विरुद्ध आफ्नो करिअर बर्बाद गराएको मुद्दा दायर गरे । अदालतले एरिकको आरोप सही पाएपछि प्रेमिका जेनिफर लीलाई दोषी ठहर गर्दै २ लाख ६० हजार डलर (२ करोड ८३ ला नेपाली रुपैयाँ) जरिवाना तिराएको छ । पछि खुलासा भयो कि लीले प्रेमी आफूबाट टाढा नजाउन् भनी यस्तो गरेकी थिइन् ।
एरिकको आरोप थियो कि लीले उनलाई एक प्रतिष्ठित म्युजिक स्कुलमा भर्ना हुन दिइनन् । एरिकलाई स्कुलले भर्ना हुनको लागि स्वीकृति पत्र पठाएको थियो तर लीले त्यो पत्र डिलिट गरिदिइन् । साथै एरिकलाई नयाँ इमेल पठाइन् जसका एरिकलाई भर्ना हुनको लागि छनोट नभएको बताइएको थियो । एरिकले २०१३ मा लस एन्जल्सको प्रतिष्ठित म्युजिक स्कुल कोलवर्न कन्जरभेटरीमा पढाइको लागि आवेदन दिएका थिए ।
एरिक क्लेरिनेट येहुदा गिलाडसँग संगीत सिक्न चाहन्थे । गिलाडले एक वर्षमा २ जना नयाँ विद्यार्थीलाई मात्र सिकाउँछिन् । कंजरभेटरीमा भर्ना हुने विद्यार्थीले राम्रो छात्रवृत्ति पाउँछन् । यसबाट विद्यार्थीले आफ्नो अन्य खर्च पनि चलाउन सक्छन् । एरिकले छनोट हुनका लागि कडा तयारी गरेका थिए । उनले लाइभ अडिसन दिए । उनलाई आफू छनोट हुने विश्वास थियो । तर केही हप्तापछि उनले छनोट नभएको इमेल पाए । त्यसपछि एरिकले संगीतको पढाइ मन्ट्रियलको म्याकगिल युनिभर्सिटीबाट गरे ।
म्याकगिलबाट २ वर्षको कोर्स पूरा गर्नै लाग्दा एरिकले थाहा पाए कि कन्जरभेटरीमा छनोट नभएको भनी पठाइएको इमेल लीले पठाएकी थिइन् । म्याकगिल युनिभर्सीटीबाट कोर्स पूरा गरेपछि पनि एरिकको मनमा गिलाडसँग पढ्ने इच्छा थियो । यही कारण एरिकले युनिभर्सिटी अफ साउदर्न क्यालिफोनिर्या भर्ना लिए । भेट भएपछि एरिक र गिलाड दुवैले एउटै प्रश्न गरे ‘मलाई रिजेक्ट किन गरेको ?’ यसो भनेपछि एरिकले आफू छनोट नभएको इमेल देखाए । तर, गिलाडले छनोट भएको भनेर पठाइएको इमेल देखाएपछि बल्ल एरिकले सबै वास्तविकता बुझेका थिए ।
Post a Comment