Latest Updates :

'मन बिनाको धन ठूलो' पछि अब चाडै दोस्रो गीत बजारमा ल्याउदै अशोक दर्जी

SHARE THIS POST :
प्रतिभा आफैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ ।झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविकोपार्जनका लागी पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे ।
केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ ।
पछिल्लो समय गीत गाएरै सामाजिक सञ्जालमा भाईरल बनेका बालक हुन् अशोक दर्जी । ‘धन विनाको मन ठूलोकी मन विनाको धन’ गीत गाएर झनै भाइरल बनेका छन्। उनले यसै गीतका लागि थुप्रै देश तथा विदेशहरुमा स्टेज शोहरु गरिसकेका छन्।
तिनै अशोक दर्जीले फेरी नयाँ गीत चाडैँ नै  बजारमा आउने बताएका छन्। एक मिडियासँगको कुराकानीमा उनले भनेका छन्, उनको नयाँ गीत चाँडै नै बजारमा आउनेछ र त्यस गीतबाट आएको पैसाले आफ्नो मिल्ने साथि भुईँकटहरको घर बनाइदिने कुरा गरेका छन्।
हेर्नुहोस् भिडियो :
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger