Latest Updates :

एउटै घरभित्र झुण्डिएका थिए ११ लाश, सबैको आँखामा पट्टी, पूरै शहर त्रसित

SHARE THIS POST :
एजेन्सी। भारतको राजधानी दिल्लीमा एउटै घरभित्र ११ शव भेटिएपछि राजधानी शहर त्रसित बनेको छ । यी शवहरुमध्ये १० शव झुण्डिएको अवस्थामा र १ शव भुइँमा भेटिएको प्रहरीले जनाएको छ । उत्तरी दिल्लीको बुराडीको संत नगर इलाकामा शव बरामद भएको हो । भेटिएका शवमध्ये सात महिला र ४ पुरुष थिए । 
झुण्डिएका सबै शवको आँखामा पट्टी बाँधिएको थियो । भारतीय दैनिक जागरणले जनाएअनुसार प्रहरीले बिहान ७ बजे सूचना पाएको थियो । घटनास्थल पुगेको प्रहरीले सबै शवलाई पोष्टमार्टमको लागि पठाएको छ । अहिलेसम्म यो सामूहिक हत्या हो वा सामूहिक आत्महत्या भन्ने खुल्न सकेको छैन । प्रहरीले सबै पक्षको जाँच गरिरहेको जनाएको छ । सुरुवातमा भने प्रहरीले यसलाई आत्महत्या मानेर अघि बढेको छ । मृत्यु हुने सबै दुई दाजुभाइका परिवार थिए । 

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger