ती शिक्षक भारतको उत्तर प्रदेशको महोबाका भएको बताइएको छ । कुटाइ खाने शिक्षकको नाम आलोक हो । कुट्ने विद्यार्थीले ती शिक्षकले फिस लिइसकेर पनि कोचिङ नपढाएको र फिस फिर्ता माग्दा गाली दुव्र्यवहार गरेको आरोप लगाएका छन् । विद्यार्थी र उनका साथीले ती शिक्षकलाई रामधुलाइ कुटेर प्रहरीमा बुझाएका छन् ।
ती शिक्षक आलोक राजपुत एक सरकारी स्कुलमा शिक्षक छन् । तीन महिना पहिले उनले बेसिक टिचिङ सर्टिफिकेटको परीक्षा दिन लागेकी अर्पणासँग कोचिङको लागि ३ हजार रुपैयाँ लिएका थिए । फिस लिएपछि पनि उनले पढाउन आलटाल गरेको अर्पणाले आरोप लगाएकी छिन् । पैसा फिर्ता माग्दा शिक्षकले गाली गरेपछि आक्रोशित अर्पणाले आफ्ना साथीसँग मिलेर शिक्षकलाई कुटेकी हुन् । हेर्नुहोस् भिडियो
Post a Comment