Latest Updates :

हिस्टोरिया रोग के हो ? यो रोग कसरी हटाँउने सकिन्छ ?

SHARE THIS POST :
म एक १७ वर्षीया युवती हुँ । म विगत पाँच वर्षदेखि पटक–पटक बेहोस हुने समस्याबाट पीडित छु । मेरो यो समस्याको निदानका लागि घरमा धामी–झाँक्री बोलाउनेदेखि विभिन्न अस्पतालमा पु¥याएर उपचार गर्ने क्रम अहिले पनि जारी छ । मैले छारे रोगको औषधि पनि सेवन गरिसकेकी छु । तर, मेरो समस्या समाधान भएको छैन ।
स्वास्थ्य जाँचकै क्रममा कतिपय स्वास्थ्यकर्मीले हिस्टेरिया भएको र यसको उपचारका लागि बिहे गरिदिनुपर्छ भन्ने सल्लाह मेरो अभिभावकलाई दिएका छन् । म अहिले ११ कक्षामा अध्ययनरत छु । बिहे नगर्ने पक्षमा छु । हिस्टेरिया भनेको के हो रु के यो बिहे गरेपछि निको हुने रोग हो रु मैले भोगिरहेको समस्या समाधान गर्न के गर्नुपर्ला ?
उपचार हुने युगमा पनि हिस्टेरियाले गर्दा तपाईंले भोग्नुपरेको मानसिक तथा शारीरिक पीडा सुन्दा दुःख लाग्यो । नेपालमा हिस्टेरियाको बारेमा सर्वसाधारणमा त पर्याप्त भ्रम छ नै, कतिपय स्वास्थ्यकर्मीमा पनि यो रोगबारे विभिन्न भ्रम रहेको पाइन्छ ।
स्वास्थ्यकर्मीले नै गलत धारणा सार्वजनिक गर्ने अवस्थाको अन्त्य नभएसम्म सर्वसाधारणको भ्रम हटाउन मुश्किल छ । मेडिकल क्षेत्रमा आजभोलि यो शब्दको प्रयोग नगर्ने वा प्रयोग गर्न हतोत्साहित गर्ने रणनीति चिकित्सकहरूले लिएका छन् । यसको कारण भनेको हिस्टेरियालाई स्वास्थ्यसँग सम्बन्धित समस्याभन्दा पनि यौन चाहना बढी भएपछि हुने वा यौन चाहना पूरा नभएको अवस्थामा हुन सक्ने समस्या भनेर गलत ढंगले व्याख्या गर्ने प्रवृत्ति मौलाएको कारणले गर्दा नै हो ।
वास्तवमा तपाईंले भोगिरहनुभएको समस्यालाई मेडिकल भाषामा ‘डिसोसिएटिभ डिसअर्डर’ भनिन्छ । यो मनमा समाधान गर्न नसकिएका कुण्ठा ९मानसिक अन्तद्र्वन्द्व० बाट उत्पन्न हुने रोग हो । ती कुण्ठा वा अन्तद्र्वन्द्व खालि यौन वा विवाहसँगमात्र सम्बन्धित हुँदैनन् ।
यो रोगको वैज्ञानिक उपचार सम्भव छ । उपचारका लागि दक्ष मनोचिकित्सक वा तालिमप्राप्त अन्य चिकित्सक कहाँ गएर विस्तृत रूपमा मनोविश्लेषण गरी कुन रोग हो, यकिन गर्नुपर्छ । वास्तवमै डिसोसिएटिभ डिसअर्डर हो भने मनको कुण्ठालाई केलाएर त्यसको समाधानका लागि मनोपरामर्श गर्नुपर्छ ।
मनोपरामर्शबाट बिरामीको समस्या समाधान नभएमा बिरामीलाई चित्त बुझाउने अन्य उपायको खोजी गर्नुपर्ने हुन्छ । अन्य शारीरिक वा मानसिक लक्षण भए सोहीअनुरूप औषधि पनि खानुपर्ने हुन्छ । त्यसैले यो रोग बिहे नभएकै आधारमा लाग्ने होइन । यस्तो समस्या पुरुषमा पनि देखिन सक्छ । बिहे गर्दैमा यो समस्या समाधान पनि हुँदैन । बिहेसँग मात्र यो रोगको सम्बन्ध हुँदैन । मनको कुण्ठामा सेक्स पनि एउटा अंश हुन सक्छ । तर, पूरै सेक्ससम्बन्धी कुण्ठाका कारण यो रोग लाग्छ भन्नु वैज्ञानिक दृष्टिबाट अपूर्ण हुन जान्छ ।
त्यसैले, तपाईं आफ्ना अभिभावकलाई मैले यहाँ उल्लेख गरेका विषयबारे बुझाउने कोसिस गर्नुहोला । अन्य चिकित्सककोमा धाइरहनुभन्दा एक पटक मनोचिकित्सकलाई भेटेर आफ्ना समस्या खुलस्त बताउनुस् । जसबाट तपाईंको वास्तविक समस्या पत्ता लाग्ने र उपचारका लागि सहयोग पुग्नेछ ।
तपाईं भर्खर १७ वर्षको हुनुहुन्छ र १२ वर्षदेखि नै यो समस्या भोग्दै आउनुभएको छ भने तपाईंले उपचारमा ढिलो गर्नुभयो भने रोगले अझै च्याप्ने अवस्था आउँछ । त्यसैले अभिभावकलाई सम्झाएर तपाईं उपचारका लागि सही चिकित्सककोमा जानुभयो भने तपाईंको रोग निःसन्देह निको हुन्छ ।
स्रोत:sandeshnepali
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger