काठमाडौं । पाँचतारे र ६ तारे सुविधाको अस्पताल भनेर के गर्नु ? दिनदाहडै चोरी हुने । चोर पनि पत्ता लग्न नसक्ने भएपछि ! छतैमा हेलिकोप्टर ल्याण्ड हुने हल्लासहित उपेन्द्र महतोको नख्खु ललितपुरस्थित मेडीसिटी अस्पताल यस्तै अवस्थाकाबीच चलिरहेको छ ।अस्पतालमा करोडौं मूल्यका उपकरण र सामान त हुने नै भए । यसको सुरक्षा भर्ना र हराउन थाले भने के हो ? भर्खरै मेडिसिटी अस्पतालको निजी कक्षबाट ४२ इन्चको टेलिभिजन हराएको छ । एउटा टेलिभिजन गायब हुनु उपेन्द्रको लागि घाटाको कुरा नहोला । तर, अस्पतालका सामान
भकाभक यसैगरी हराउन वा चोरी हुन थालेभने त्यसबेला चाँही उनलाई नोक्सान नहोला भन्न सकिन्न । आज टिभी हरायो भोली एक्सरे मेसिन पर्सी अर्को महँगो उपकरण गायब होला । त्यतिबेला उपेन्द्रको घाटाको कुरा मात्र आएर नेपालीको चोरी गर्ने प्रवृत्तिबारे पनि त प्रसंग उठ्न सक्छ । फेरि त्यत्रो अस्पतालमा सुरक्षा र निगरानीको पनि व्यवस्था होला । जनआस्थामा खबर छ ।सिसिटिभीदेखि सबै कर्मचारी, सुरक्षकर्मीलाई पनि छक्याएर टिभी लानसक्ने अवस्था भनेको त्यहाँ जाने बिरामी र कुरुवाको सामानको सुरक्षा नहुन हो । एउटा टिभीको सुरक्षा गर्न नसक्नेले सयौं विरामीको सुरक्षा कसरी गर्छ ?
अछाम-अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ ।छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन। साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन्। परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो।
पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन्। उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो। तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए।छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए। तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन्।गत पुसमा मात्र सोही गाउँपालिका ३ भैरवस्थानको लकाद्रा की २२ वर्षकी गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो। छाउपडी गोठमा सुतेको अवस्थामा २०६३ सालयता मात्रै १३ जना किशोरी तथा महिलाले ज्यान गुमाईसकेका छन्।
Post a Comment