जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौमा उपलब्ध तथ्याङले नेपाली समाज कता जादैंछ भन्ने प्रश्न उब्जाईदिएको छ । यसरी डरलाग्दो रूपमा बढेको गर्भपतनमा प्लस टु र कलेज पढ्ने छात्राहरूको सङ्ख्या त झन् भयावह देखिन्छ ।
नेपालमा १६ वर्ष अघि गर्भपतनले कानुनी मान्यता पाएपछि जोखिमपूर्ण भूर्णहत्या र बाध्यकारी जन्मका कारण समस्यामा पर्नेुपर्ने अवस्था त टरेको छ । तर उकालो गतिमा बढेको तथ्याङले यसलाई कानुनी मान्यता दिएर झन् गलत गरेको चर्चा समेत हुन थालेको छ ।
आधुनिकतासँगै प्रेमसम्बन्धबिना बाँच्नै नसक्ने संस्कृति, व्यस्त दैनिकीका कारण अविभावकको कम चासो, किशोरकिशोरीमा यौन उन्माद्लाई नै प्रेम ठान्ने गलत बुझाइले यस्तो अवस्था सिर्जना भएको जानाकारहरुको धारणा छ ।
यसबाहेक यौन, र गर्भपतनका विषय अनुशासनभन्दा मनोरञ्जनको रूपमा बुझ्ने प्रवृत्तिले नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो चढेको हो ।
२०५८ सालसम्म नेपालमा गर्भपतनलाई अपराध मानिन्थ्यो । यसमा संलग्नलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था थियो । तर बलात्कार जस्तो घटनाले समाजमा धेरै समस्या ल्याएपछि गर्भपतनलाई मान्यता दिनुपर्ने आवाज उठ्यो ।
महिला अधिकारकर्मीहरुले गर्भपतनले कानुनी मान्यता नपाउँदा धेरै महिलाहरू समस्यामा परेको भन्दै यसलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठाए । तर कानुनी मान्यता पाएपछि भने गर्भपतनको दर , दिन दोगुना रात चौगुनाले बढेर जानुले अर्को समस्या पैदा गरेको आवाजसमेत उठ्न थालिसकेको छ ।
यो तथ्याङ्क ३ वर्षअघि गएको महाभूकम्पपछि त झनै अस्वभाविक उकालो चढ्यो । यसको कारण पहिलो त भूकम्प जाँदा गर्भवती भएको ३ महिना पुरा भएका महिलाहरूबाट जन्मने बच्चाको स्वास्थ्य संवेदनशिलता थियो भने ।
दोस्रो भूकम्पले घरबारबिहिन भएर सामूहिक बसाइमा हुँदा अवैध सम्बन्ध कायम भएको र यसलाई छिपाउन गर्भपतन गर्ने महिलाको सङख्या अत्यधिक देखिएको थियोे । तर त्यसपछिका वर्षमा यो डरलाग्दो तथ्याङ्क ओरालो लाग्ने अपेक्षा भए पनि झनै उकालो लाग्नुले भयांवह सङ्केत गरेको बताउनुहुन्छ जनस्वास्थ्य कार्यालय काठमाण्डौका सूचना अधिकारी पुष्कर बिजुक्च्छे ।
यसमा पनि २० वर्षमुनिका अविवाहित किशोरीहरुको सङख्या हरेक वर्ष झन् बढेर जानु चिन्ताको विषयमा भएको बिजुक्च्छे बताउनुहुन्छ । तथ्याङकअनुसार गएका ३ महिनाको रेकर्डलाई हेर्दा गर्भपतनका लागी आउने अविवाहित किशोरीहरुको सङख्या हरेक महिना २५ देखी ३० प्रतिशतले बढेको देखिन्छ ।
जुन वैध गर्भपतन सेवा उपलब्ध भएका स्वास्थ्य संस्थाहरूको तथ्याङक हो । यसबाहेक अन्य अवैध गर्भपतन गराउने महिला तथा किशोरीको सङख्या यसमा समावेश छैन ।
यसरी गर्भपतन गराउन पुग्नेहरु २० वर्ष मुनिका किशोरीहरु भएको रेकर्डमा स्पष्ट उल्लेख भए पनि, उनीहरू विवाहित हुन वा अविवाहित उल्लेख नहुनुले अवस्थाबारे यसको यकिन विवरण नहुने जनस्वास्थ्य कार्यालयको अनुभव छ ।
तर यसरी गर्भपतनका लागी आउने कतिपय किशोरीहरु स्कुल वा कलेजकै पोसाकमा समेत आउने गरेकाले प्लस टु पढ्ने किशोरीको सङ्ख्या उच्च भएको अनुमान छ ।
प्लस टु पढ्ने बाहेक अविवाहित र विवाहित महिलाहरूको सङ्ख्या पनि वर्षका आधारमा हेर्दा २०७३ ७४ भन्दा २०७४ ०७५ मा कम देखिएपनि महिनाका आधारमा अघिल्ला ३ महिनाको तुलनामा पछिल्ला ३ महिनामा निक्कै बढेको देखिन्छ ।
चिकित्सकहरूका अनुसार नेपालमा गर्भपतन गराउन औषधि खुवाएर वा अपरेशन मार्फत गर्ने गरिएको छ । जसमध्ये ९ हप्तासम्मको औषधीले काम गर्ने भए पनि त्यसपछि अपरेशनमार्फत गर्भपतन गर्नुपर्ने हुन्छ ।
नेपालको कानुनले अहिले १२ हप्तासम्मको गर्भपतन गराउन छुट दिएको छ । यस बाहेक विशेष अवस्थामा चिकित्सकको सल्लाह अनुसार १८ हप्तासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुनी मान्यता छ । हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुन छ ।
यसबाहेक जोखिमपूर्ण अवस्थामा ९ हप्तासम्म पनि गर्भ रहेको थाहा नभएमा वा कुनै कारणवश ९ हप्तापछि पनि बच्चा जन्माउन नचाहेमा अप्रेसन गरेर गर्भपतन गराउन सकिन्छ । तर तथ्याङ्लाई हेर्ने हो भने ९ हप्ता पछि गर्भपतनका घटना तुलनात्मक रूपमा बढी छन् । जुन तथ्याङ्क कानुनी मान्यता प्राप्त सरकारी स्वास्थ्य संस्थाको हो ।
त्यो बाहेक गर्भपतनको अनुमति नभएका स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको सङ्ख्या समेत बढ्दै गएको छ ।
Post a Comment