Latest Updates :

अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या

SHARE THIS POST :
बुधबार राति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै एक दु:खद् खबर सार्वजनिक भएको छ । समाचारमा बताइए अनुसार अर्जेन्टिनाका एक समर्थकले म्याच सकिएपछी आत्महत्या गरेका छन् ।

यो खबर हाम्रो छिमेकी देश भारतको हो । भारतको केरलामा बसोबास गर्ने दिनु एलेक्स नाम गरेका एक व्यक्तिले आत्महत्या गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा अहिले एक तस्विर भाइरल भैरहेको छ । जसमा अर्जेन्टिनाको जर्सी लगाएका एक व्यक्तिले सिलिङ्गमा झुण्डिएर आत्महत्या गरेको देखिन्छ । यो तस्विर सो व्यक्तिको हो वा अन्य हो अहिलेसम्म पुष्टि भैसकेको छैन ।

स्मरणिय कुरा के छ भने सन् २०१४ मा भएको विश्वकपको सेमिफाइनलमा ब्राजिललार्इ ७ गोलले जर्मनले जितेपछि एक नेपाली युवतीले आत्महत्या गरेकी थिइन् ।

सुनसरीको मर्निङ्ग स्टार बोडिङ्क स्कुलको कक्षा १० मा पढ्ने १५ वर्षिया प्रज्ञा नाम गरेकी एक युवतीले आत्महत्या गरेपछि सो समाचार भाइरल भएको थियो ।

ब्राजिलकी डाइहार्ट फ्यान रहेकी प्रज्ञा ले फाइनलमा ब्राजिल नपुग्ने भएपछि आत्महत्या गरेकी थिइन् । उक्त खेलमा ब्राजिलले १ गोल मात्र हान्न सफल भएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger