Latest Updates :

सामान्य व्यक्तिले आफूलाई प्रधानमन्त्री बताए, रेष्टुरेण्टमा भीआइपीझैं सेवा गराए

SHARE THIS POST :
एजेन्सी। एक आम व्यक्तिले रेष्टुरेण्टमा सिट बुकिङ गराउन खोज्दा रेष्टुरेण्टले सबै सिट बुक भइसकेको र कुनै पनि सिट खाली नभएको बतायो । त्यसपछि ती व्यक्तिले आफ्नो लागि सिट बुकिङ गराउन यस्तो आइडिया लगाए कि सारा संसार चकित परेको छ । ती व्यक्तिले सिट नपाएको झोंकमा आफैलाई मोरक्कोको प्रधानमन्त्री बताएर रेष्टुरेण्टलाई भीआइपीझैं आफ्नो सेवा गर्न बाध्य पारे ।

उनले सिट नपाएको केही समयपछि आफूलाई मोरक्कोको प्रधानमन्त्री बताउँदै रेष्टुरेण्टमा फोन गरे । रेष्टुरेण्टका स्टाफले पनि उनको कुरा पत्याए र प्रधानमन्त्री सम्झेर उनलाई बुकिङ दिए । त्यहाँ उनको निकै सम्मान भयो । यतिमात्र होइन स्टाफले उनको अटोग्राफ पनि लिए र फोटो पनि खिचाए । न्यूयोर्कमा बस्ने यी व्यक्तिका छोराले यो घटना शेयर गरेका छन् । ट्वीट हेरेर अनुमान गरिएको छ कि यी व्यक्ति रुसमा जाँदा यो घटना भएको थियो । छोराले आफ्ना पितालाई रेष्टुरेण्टमा गरिएको सम्मानको भिडियो पनि शेयर गरेका छन् । यो ट्वीटलाई अढाइ लाखभन्दा बढी लाइक गरिएको छ र ८० हजार भन्दा बढी पटक रिट्वीट गरिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger