काठमाडौँ। नेपाल आइडलको टप ९ बाट बाहिरिएकी सन्ध्या जोशी आफूलाई नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित गराउन सङ्घर्षरत छिन्। केही महिना अगाडि आफ्नो पहिलो गीत सार्वजनिक गरेर चर्चा पाएकी सन्ध्या जोसीले भर्खरै नयाँ गीत ल्याएकी छिन्। शुक्रबार आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत तेस्रो कोसेली स्वरुप गीत 'मिर्मिरे' लिएर आएका हुन् ।
आफ्ना गीतमा प्राय आफै देखिने सन्ध्या आफूलाई खासमा अभिनय गर्न भन्दा गाउन बढी सजिलो लाग्ने बताउँछिन् । धेरै शुभचिन्तक र आफन्तहरूको अनुरोधले गर्दा अलि अलि रहर जागेर गीतमा अभिनय गर्ने गरेको उनी बताउँछिन्। हेर्नुस् एक अन्तर्वार्ता।\
Post a Comment