५ औँ मिनेटमा लोजानोले गरेको एकमात्र गोलले डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकपको पहिलो खेलमा विजयबाट वञ्चित हुन बाध्य भयो। उपाधिको दावेदार मानिएको जर्मनीलाई अहिलेसम्म एक पटक पनि राउन्ड अफ १६ पार गर्न नसकेको मेक्सिकोले समय समयमा काउन्टर अट्याक गर्दै आच्छु आच्छु बनायो।
जर्मनी र मेक्सिकोबीच भएका ११ खेलमा मेक्सिकोले एकमात्र जितेको इतिहासलाई बिर्साउँदै मेक्सिकोले रसियामा जित दर्ता गरेको हो।
जर्मनीले विगत सात विश्वकपका पहिलो खेल जितेको थियो। यो विश्वकपमा त्यो कायम रहन सकेन।
डिफेन्डिङ च्याम्पियनले पहिलो खेल जित्न नसकेको यो लगातार तेस्रो विश्वकप हो। सन् २०१४ मा नेदरल्यान्ड्स स्पेनसित ५-१ले र सन् २०१०मा इटाली पाराग्वेसित १-१ ड्रमा चित्त बुझाएको थियो।
मेक्सिकोका कोचले पोस्ट म्याच कन्फ्रेन्समा यो जित मेक्सिकोका सबै फ्यानहरुला डेडिकेट गरे। जर्मनीलाई जितेपछि ग्रुप टप भइएला त भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भने, हैन, स्वीडेन पनि यो समूहमा छ। हेरौँ स्वीडेनसित हामी कस्तो खेल्नेछौँ।
हेर्नुस् भिडियो हाइलाइट्स
Post a Comment