भारतको झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा पानीको भरमा ३९ घण्टा बसेर बाहिर निस्कदा पुर्नजन्म पाएको महसुस गरे । मुण्डा सुरुङमार्ग पहिरोले पुरिएर फसेका बुमर (सुरुङ मार्ग खन्न प्रयोग गरिने मेसिन)का अपरेटर हुन् । हामी चार जना एक आपसमा यति दृढ थियौ की हामीलाई बचाँउने छन् भनेर एकसाथ बसि एकले अर्काकोे आत्माबल बढायौं । यदी म¥यौं भने पनि एक साथ मर्ने प्रणका साथ हामी बस्यौं । हामी संग खानेकुरा केही थिएन, पानीका भरमा बाँच्यौं । बाहिरको आवज आए पछि अब भने बाँच्ने आशा पलायो । सुरुङमार्गको बाहिरी भागबाट थोरै पुवाल परेपछि बाहिरको हावा भित्र पस्न सुरु गरेपछि श्वास फेर्न समेत सहज भयो मुण्डाले भने । अनि थोरै उज्यालोले फेरी जीवनको आश ग¥यौं ।
सुरुङ भित्र मुण्डा सहित सिउना गाउँपालिका ४ कालिकोटका ३२ वर्षिय प्रदिप शाही, चन्द्रनाथ नगरपालीका १ जुम्लाका ४४ वर्षिय प्रेम परियार, भारत बिहारका पम्प सहयोगी ४५ वर्षिय नन्द किशोर फसेका थिए ।
Post a Comment