दोस्रो खेलमा रोनाल्डोको पोर्चुगलपनि लुइस स्वारेजको टोली उरुग्वेसँग २–१ ले पराजितहुँदै विश्वकपबाट बाहिरियो । उरुग्वेको जितमा दुवै गोल इडिसन काभानीले गरेभने पोर्चुगलका लागि डिफेन्डर पेपेले हेडरमार्फत सान्त्वना गोल फर्काए ।
यससँगै एक दशक यताकै दुई फुटबल हस्ती रोनाल्डो र मेस्सीलाई आजदेखि रुस विश्वकपको मैदानमा खेलिरहेको देख्न पाइने छैन् । समान ३–३ विश्वकप खेलेका रोनाल्डो र मेस्सीको क्रमश विश्वकपमा ७ र ६ गोल भएको छ ।
रुस विश्वकपमा रोनाल्डोले ४ गोल गर्न सफल भएभने मेस्सीले एकमात्र गोल गरे । शनिबारको खेलसँगै अब फ्रान्स र उरुग्वेको क्वाटर फाइनलमा भेट हुने पक्का भएको छ ।
काभानीको दुई गोलमा उरुग्वेको जित
इडिसन काभानीको २ गोलमा उरुग्वेले पोर्चुगल माथि २–१ को कठिन जित निकालेको हो । खेल सुरु भएको ७ मिनेटमै उरुग्वेले पोर्चुगलमाथि सुरवाती अग्रता लिएको थियो ।
उरुग्वेका लागि इडिसन काभानीले स्ट्राइकर लुइस स्वारेजको पासमा हेडरमार्फत गोल गरेका थिए । प्रतिस्पर्धात्मक पहिलो हाफको खेल १–० मै सम्पन्न भएको थियो । दोस्रो हाफमा पोर्चुगलले राम्रो मुभ बनाउदै बराबरी गोलगर्न सफल भयो ।
डिफेन्डर पेपेको हेडर गोलबाट पोर्चुगलले खेलमा बराबरी गोल फर्काएको थियो । खेलको ५५ औं मिनेटमा पोर्चुगलले कर्णरको अवसर पाएको थियो । राफेल गुरेरेको कर्णर प्रहारमा पेपेले हेडर मार्फत उरुग्वेविरुद्ध बराबरी गोल गरेका थिए ।
तर उरुग्वेविरुद्धको खेलमा बराबरी गोल गरेको ७ मिनेट नपुग्दै उरुग्वेले फेरी दोस्रो गोल गर्न सफल भयो । खेलको ६२ औं मिनेटमा उरुग्वेका काभानीले दोस्रो गोलगर्दै खेललाई २–१ को अग्रतामा पुर्याएका थिए । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन् ।
अन्तत : खेल २–१ मै सम्पन्न भयो । पोर्चुगलको विश्वकप यात्रामा पुर्ण विराम लाग्यो ।
पोर्चुगलको कडा टक्कर
विश्वकपबाट बाहिरिएपनि पोर्चुगलले उरुग्वेलाई कडा टक्कर दिएको थियो । ६२ औं मिनेटमा २–१ ले पछि परेपछिको अवस्थामा पोर्चुगलको खेल एकदमै आक्रमक भएको थियो ।
तर उरुग्वेलाई आफ्नो दवावमा पुर्ण रुपमा राख्न सफल रोनाल्डोको टोलीले पाएको अवसरलाई गोलमा परिणतभने गर्न सकेनन् । खेलको अन्तिम सेकेन्डसम्मपनि पोर्चुगल गोलका लागि लडेका थिए । तर उरुग्वेको डिफेन्सको अगाडि केहि सिप लागेन ।
खेलमा पोर्चुगलले २० पटक गोलको प्रयासगर्दा ५ बलले पोस्टको दिशा लिएको थियो । जसमा १ बल गोलमा परिणत भयो । अन्य प्रहार उरुग्वेका गोल रक्षकले विफल पारिदिए । उरुग्वेलेभने खेलमा थोरै अवसर पायो ।
तर अवसरको भरपुर फाइदा लिएको थियो । खेलमा मात्र ६ पटक गोलको प्रयास गरेको उरुग्वेको ३ बल पोस्टमा जाँदा २ बलले पोस्टको जाली चुम्यो ।
Post a Comment