Latest Updates :

मलेसियाको इमिग्रेशनले ल्यायो बिदेशी कामदारको लागि नयाँ नियम, गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै मलेसिया छोड्न आग्रह ! अटेर गरेर आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित गरिने

SHARE THIS POST :
क्वालालम्पुर — मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ ।
मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित गरिने जनाइएको छ।
गैरकानुनी आप्रवासी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएकोमा यो वर्ष जनवरीदेखि जुन ३० सम्मका लागि समयावधि थपेको थियो। उक्त विज्ञप्तीमा गैरकानुनी आप्रवासी कामदार बैधानिक हुन दिइएको ‘रिहाइरिङ’ कार्यक्रमको समयसीमा अब नथपिने उल्लेख गरिएको छ।

सरकारले दिएको अवसरको वेवास्ता गर्ने कामदार र कानुनी प्रक्रियाको अवलम्बन नगरि गैरकानुनी कामदारलाई रोजगारी दिने रोजगारदाता दुवैलाई दण्डित गरिने जनाएको छ। उसले गैरकानुनी आप्रवासी कामदारबिरुद्ध थप कडाई गर्ने संकेत गरेको हो।

सरकारले दिएको अवसरको वेवास्ता गर्ने कामदार र कानुनी प्रक्रियाको अवलम्बन नगरि गैरकानुनी कामदारलाई रोजगारी दिने रोजगारदाता दुवैलाई दण्डित गरिने जनाएको छ। उसले गैरकानुनी आप्रवासी कामदारबिरुद्ध थप कडाई गर्ने संकेत गरेको हो।

गत महिना नयाँ सरकार गठन भएसँगै मलेसियाले आप्रवासी कामदारको निर्भरता घटाउने जनाउँदै आएको थियो। अवैधानिक आप्रवासी कामदारहरु हटाउन यसअघि विभिन्न चरणमा आममाफी, बैधता कार्यक्रम र फिर्ती कार्यक्रम लगायतका थुप्रै अवसरहरु दिइसकेको छ।

गतबर्ष फेब्रुअरी १६ देखि त्यस्ता कामदारका लागि बैधानिकता प्रक्रियामा सामेल भइ अस्थायी श्रम अनुमति लिएर काम गर्न या अध्यागमन कार्यालयमा तोकिएको जरिवाना रकम तिरेर स्वदेश फर्कन पाउने (थ्री प्लस वान भोलुन्टारिली प्रोग्रामअन्तर्गत) दोहोरो अवसर दिएको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger