राजधानी बैंगलोरको एक निर्माण क्षेत्रमा फोहोरको थुप्रोमा उक्त बच्चालाई देखेपछि नजिकैका एक पसलेले प्रहरीलाई खबर गरेका थिए । स्थानिय बासीन्दाको खबर पाएर घटनास्थल पुगेकी महिला प्रहरीले नवजात शिशुको ज्यान बचाएकी हुन् । शिशुलाई स्थानीयबासीले सरकारी नाम दिएका छन् । स्थानीयहरुले उक्त शिशुको नाम कर्नाटकका मुख्यमन्त्री कुमारास्वामीको नामबाट ‘सानो कुमारास्वामी’ राखेका हुन् ।
महिला प्रहरीको नाम अर्चना भएको जनाइएको छ । बीबीसीसँगको कुराकानीमा अर्चनाले आफूले भर्खरै छोरा जन्माएको र फोहोरको थुप्रोमा नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।
बच्चाको जीवन रक्षा गरेको भन्दै सहकर्मीहरुले उनको प्रशंसा गरेका छन् । प्रहरी अधिकारी नगेश आरका अनुसार शिशुलाई शहरको बाहिरी इलाकाको फोहोरको थुप्रोमा बेवारिसे भटेपछि उनीहरुले नजिकैको अस्पतालमा लगेका थिए । शिशुलाई बालगृहको जिम्मामा दिइएको र कसले त्यसरी छाडेर गयो भनेर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।
Post a Comment