Latest Updates :

यसरी चुके रोनाल्डो पेनाल्टीमा, रोतोकार्ड पाउनबाट पनि बच्यो

SHARE THIS POST :
काठमाडौं । क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुकेको खेलमा पोर्चुगलले इरानसँग बराबरी खेलेको छ र विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।

भीएआर विवादले भरिएको खेल पोर्चुगलले इरानसँग १–१ को बराबरी खेलेको हो ।

खेलको इन्जुरी टाइममा इरानले पाएको पेनाल्टी होस् वा ८३ औं मिनेटमा रोनाल्डोको सम्भावित रातो कार्डलाई पहेंलोमा सीमित राख्ने रेफ्रीको निर्णय होस्, दुबै भीएआरबाट लिइएको थियो ।

खेलमा पोर्चुगलले पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिस्माको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै पोर्चुगलले पेनाल्टी पायो ।

भीएआर रिभ्यूबाट पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई इरानी गोलकिपर अली बेरानभान्डले रोके ।

खेलको ८१ औं मिनेटमा फेरि भीएआर रिभ्यू भयो । इरानी खेलाडीको अनुहारमा हात पुर्याएपछि रोनाल्डोले रातो कार्ड पाउने सम्भावना थियो । तर, लामो भीएआर रिभ्यूबाट पहेँलो मात्र दिइयो ।

दोस्रो हाफको अन्तिम मिनेटमा फेरि भीएआर रिभ्यूबाटै इरानलाई पेनाल्टी दिइयो । सेडरिक सोयरेसको ह्याण्डबलमा पेनाल्टी दिइएको थियो, जसमा करिम अन्सरीफार्दले गोल गरे ।

त्यही समयमा भएको अर्को खेलमा स्पेनले मोरक्कोसँग बराबरी खेलेको छ र स्पेन समूह बीको विजेता बन्न सफल भएको छ ।

पोर्चुगल भने उपविजेता बन्यो । अब नकआउट चरणमा पोर्चुगलले उरुग्वेसँग र स्पेनले आयोजक रसियासँग खेल्नु पर्नेछ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger