Latest Updates :

८० किलोको गाउन लगाएर अवार्ड कार्यक्रममा लर्खराउँदै पुगिन् यी बोल्ड नायिका (भिडियोसहित)

SHARE THIS POST :
बलिउड नायिका उर्वशी रौतेला कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । कहिले बोल्ड अवतारका कारण त कहिले आफ्नो ड्रेसिङ सेन्सका कारण उनी समाचारको हेडलाइन बनिरहन्छिन् । हालै उनी सुनौलो रङको गाउन लगाएर ‘आइफा अवार्डस्’ मा पुगिन् जसमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

रोचक कुरा के छ भने उर्वशीको गाउन ८० किलोको थियो जुन सम्हाल्नु चानचुने कुरा होइन । उर्वशीले उक्त गाउन लगाएको भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छन् जसमा उनी भारी गाउन लगाएर बिस्तारै हिँडिरहेको देख्न सकिन्छ ।

उर्वशीले उक्त गाउनमा आफ्नो एक तस्बिर इन्टाग्राममा पोष्ट गर्दैै लेखिन्, ‘८० किलोको यो सुन्दर गाउन लगाएर आज राती म बेहोस हुन्छु जस्तो लागिरहेको छ । ’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger