ट्रान्सेभिया एयरलाइन्सको विमान ७३७ ले नृदरल्याण्डको शिपोल विमानस्थलबाट उडान भरेको थियो । विमान स्पेनको ग्राण्ड केनेरिया जाँदै थियो । तर, उडान भरेको २ घण्टासम्ममा विमानका यात्रुको हालत यतिसम्म बिग्रियो कि पोर्चुगलको फारगो शहरमा आकस्मिक अवतरण गर्नुपर्यो । विमानमा बसेका एक यात्रुको शरीरबाट आएको दुर्घन्धका कारण कैयौं यात्रुले बान्ता गर्न थाले । केही यात्रु बेहोस भए ।
विमानभित्र दुर्गन्ध यतिसम्म फैलिएको थियो कि फ्लाइट स्टाफले कुनै यात्रुलाई खाना पनि दिन सकेनन् । हालतलाई नियन्त्रणमा लिन स्टाफले ती यात्रुलाई शौचालयमा बन्द गरिदिए । पाइलटले विमानको रुट डाइभर्ट गरी विमानलाई आकस्मिक अवतरण गराए । एयरपोर्टमा ती यात्रुलाई ग्राउण्ड स्टाफले मेडिकल जाँचको लागि लिएर गए ।
Post a Comment