Latest Updates :

प्रदर्शन नहुँदै सलमान खानको चलचित्र रेस-३ ले राख्यो नयाँ रेकर्ड

SHARE THIS POST :
बलिउड अभिनेता सलमान खानको चलचित्र रेस-३ प्रदर्शनमा आउन अब केही दिन बाँकी छ।

पछिल्लो खबरका अनुसार रिलिज पहिले नै रेस-३ ले नयाँ रेकर्ड बनाउने भएको छ। चलचित्रको सेटेलाइट राइट सबै भन्दा महंगोमा बिक्री हुने भएको छ।

खबरका अनुसार फिल्मको सेटेलाइट राइट करिब १५० करोडमा बिक्री हुने डिल भएको छ। तर उक्त रकमका बारेमा भने पुष्टी हुन बाँकी छ।

यसअघि यस मुद्दामा आमिर खानको फिल्म दंगल सबै भन्दा धेरैमा बिक्री भएको थियो। जसको मुख्य ७५ करोड रहेको थियो। सलमानको रेस-३ आमिरको दंगल भन्दा महंगोमा बिक्री हुने भने निश्चित भइसकेको छ।

चलचित्र ‘रेस–३’ मा आफैले लेखेको गीत गाउँदै सलमान

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्ना समर्थकहरुका लागि पुनः एउटा नयाँ गीत गाउने भएका छन् । चलचित्र ‘रेस–३’को सुटिङमा व्यस्त रहेका सलमानले यही चलचित्रका लागि एउटा गीत गाउने भएका हुन् ।

सलमानकै लेखनमा रहेको गीतमा गायिका युलिया वैतुरले साथ दिने भएकी छन् । सलमानले चलचित्र ‘हिरो’ र ‘किक’ पछि पुनः तेस्रो पटक ‘रेस–३’ का लागि गीत गाएका हुन् । चलचित्रमा सलमानको उक्त गीत एक रोमान्टिक गीतको रुपमा दर्शकहरुले हेर्न सक्ने छन् ।
मुम्बई, अवुधावी, बैंककजस्ता ठाँउहरुमा सुटिङ भइसकेको चलचित्रको गीतको सुटिङ भने भारतको लेह मरुभुमिमा हुनेछ ।

चलचित्र ‘रेस ३’मा सलमानको जोडीः प्रियंका आउट, श्रद्धा इन !

काठमाडौं । बलिउडका चलचित्र ‘दबंग’का सुपरस्टार सलमान खान चाँडै नै अर्काे बलिउड चलचित्र ‘रेस ३’मा देखिदैँ छन् ।

अहिले बैंककमा चलचित्र ‘रेस ३’ सुटिङ कार्य चलिरहेको छ । चलचित्रमा सलमानसँगै ज्याकलिन फर्नान्डिज, बबी देओल, साकिब सलिम र अनिल कपूर देखिदैछन् । यो फिल्मपछि सलमान आगामी फिल्म ‘भारत’मा व्यस्त हुनेछन् ।

पछिल्लो समयमा यो फिल्मका बारेमा निकै चर्चा हुँदै आएको छ । सलमानसँग को हिरोइन लिइन्छ भन्ने विषयमा विभिन्न अड्कलबाजी समेत हुँदै आएका छन् । केही दिनअघि चलचित्रमा सलमानसँग अभिनेत्री प्रियंका चोपडा देखिने खबर आएको थियो । अली अब्बास जफरको निर्देशनमा बन्न लागेको चलचित्रमा सलमान र प्रियंकको जोडी हुने बताइएको थियो ।

यदि यो चलचित्रमा सलमान र प्रिंयकाले काम गर्ने हो भने १० वर्षपछि उनीहरूले स्क्रिन शेयर गर्नेछन् । तर, अहिले चलचित्रमा प्रियंका नहुने खबर सार्वजनिक भएको छ । समाचारका अनुसार फिल्ममा प्रियंकाका ठाँउमा श्रद्धा कपूर देखिने बताइएको छ ।

चलचित्रका मेकर्स श्रद्धाको नाममा विचार गरिरहेको बताइएको छ । यदि प्रियंकका हातबाट यो चलचित्र फुत्कने हो भने उनका फ्यानका लागि निराशाजनक हो । प्रियंका पछिल्लो समयदेखि बलिउडमा कमब्याकलाई लिएर विचार गरिरहेकी छन् । केही दिनअघि प्रियंकाले राकेश बर्माको बायोपिक चलचित्र छोडेकी छन् । किनकी फिल्मबाट आमिर खान निस्किएका छन् । एजेन्सी
स्रोत:.sagunkhabar
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger