Latest Updates :

गोर्खा आन्दोलनलाई सशक्त बनाइने : गुरुङ

SHARE THIS POST :
काठमाडाैँ / पूर्वगोर्खाहरुको संस्था गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो नेतृत्वमा गोर्खा आन्दोलनले प्राप्त गरेको ऐतिहासिक सफलतालाई समाप्त पार्न चौतर्फी षड्यन्त्र भइरहेको बताउनुभएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर गुरुङले आफूले सबै त्याग गरेर २७ वर्षसम्म रगत र पसिना बगाएर निर्माण गरेको इतिहासलाई समाप्त पार्न षड्यन्त्र गरिएको भन्दै सोको डटेर सामना गर्न अब मुकदर्शक बनेर नबस्ने निर्णय गरेको बताउनुभएको छ ।
गेसोको संस्थापक सभापतिको हैसियतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमसहित गोरखा भर्तीले नेपालीको स्वाभिमान र स्वाधिनतामा लागेको कालो दागलाई मेटाउन सशक्त नेतृत्व गर्दै अघिबढ्ने निर्णय गरेको छु, उहाँले भन्नुभयो । गेसोको नेतृत्वमा भएको प्रथम चरणको आन्दोलन सफलतापछि दोस्रो चरणको आन्दोलनका रुपमा प्रथम र दोस्रो विश्व युद्धमा मारिएका नेपाली युवाको सम्झना र सम्मानमा स्याङ्जाको साल्मेडाँडामा विशाल गोरखा समाधि निर्माण गर्ने घोषणा गरेको र कुनै प्राविधिक बाधा अड्चन नआएमा आगामी कात्तिक महिनासम्ममा प्रथम चरणको निर्माण सम्पन्न हुने जानकारी पनि गुरुङले दिनुभयो ।“उक्त समाधि नेपाल र बेलायतका प्रधानमन्त्रीज्यूहरुबाट संयुक्तरुपमा उद्घाटन हुने कुराको जानकारी गराउन चाहन्छु,” गुरुङले अगाडि थप्नुभयो ।
सम्पूर्ण भूपू गोर्खा सैनिक एकजुट भएर आन्दोलन गरेको हुनाले नै विश्वमा चर्चित गोरखा समाधिको परिकल्पना गर्न सकेको भन्दै यस्तो ऐतिहासिक आन्दोलनको सफलताको उपलक्ष्यमा सबै एक ढिक्का भएर अघि बढ्न अनुरोध गर्नुभएको छ ।
नेपालले बेलायती साम्राज्यवादीसँग खोज्नु पर्ने हरहिसाब धेरै नै बाँकी छ, यस्तो हिसाब खोज्न सक्ने मजबुत प्रमाणको रुपमा युद्धमा लगेर अन्यायपूर्वक मारिएका हजारौँ पितृको नाममा साल्मेडाँडामा विश्वले छर्लंग देख्न सक्नेगरी नेपालका १९ जातजाति जनजातिको विश्वकै विशाल गोर्खा समाधि निर्माण गरिएको उहाँको कथन छ ।
स्रोत:purbelinews
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger