Latest Updates :

कोशी गापाका १६ विद्यालयमा दरबन्दी शून्य

SHARE THIS POST :
इनरुवा / सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै सोमबार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
गाउँमा शिक्षा ऐन—२०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको शिक्षक फनिलाल सदाले बताउनुभयो ।
गाउँपालिकाका विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकले जिल्लामा दरबन्दी मिलानका क्रममा एक÷एक दरबन्दी दिने निर्णय तत्कालीन जिल्ला शिक्षा कार्यालयले गरेपनि आफूहरुको विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै दरबन्दी विद्यालयमा दिनुपर्नेलगायतका १० सुत्रीय माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएको शिक्षक अरुणकुमार मण्डलले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा विद्यालयलाई शिक्षक दरबन्दीको अभावमा अध्यापन कार्य अवरोध भइरहेको हँुदा यथाशीघ्र विद्यार्थीको आधारमा आवश्यक शिक्षक दरबन्दीको व्यवस्थापन गर्नुपर्ने, हाल कार्यरत विद्यालयमा प्रअ तथा शिक्षकलाई छुट्टै नियुक्तिको व्यवस्था गर्नुपर्नेलगायतका माग अघि सारेको शिक्षक जितन साहले बताउनुभयो ।
स्रोत:purbelinews
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger