Latest Updates :

पोखरामा गर्भवती महिला माथी छुरा प्रहार पेटको बच्चा मर्यो, छोरा पनि मरे, बाबु आमा घाईते (भिडियाे सहित)

SHARE THIS POST :
पोखरा, जेठ ३० । हिजोसम्म परिवारमा नयाँ सदस्य स्वागत गर्ने तयारी थियो अकस्मात परिवार नै सिकिने गरी घटना घट्यो । पोखारा १५ बस्ने रामजी घले र सुमित्रा ठकुरीको परिवारमा २/४ दिन मै नयाँ सदस्य थपिदै थियो तर अहिले काखको ११ वर्षिय छोरोको पनि अस्पतालको पोष्टमार्टम कक्षामा शव लडिरहेको छ, जन्मिनै लागेको शिशुको गर्भ मै हत्या गरिएको छ, बाबा आमा बन्न तयार दम्पती मणिपाल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अर्धचेतन अवस्थामा लडिरहेका छन् । छिमेकी र आफन्तका अनुसार उनीहरु हिजो मात्र गर्भवती जाँच गरेर आएका थिए । बच्चा जान्माउने मिति नजिकिएकाले अस्पताल जान सर–सामान तयार पारेको सुमित्राकी आमाले बताइन् ।
तयारी नयाँ सन्तानलाई स्वागत गर्ने थियो । घरमा नयाँ सन्तानको जन्मसँगै दुई सन्तानमा रमाउने उनीहरुको भावी योजना घटना घट्नु अघि सम्म हुँदो हो । तर हामीले समाचार तयार गर्दा सम्म उनीहरु शारिरीक चोट र चेतन शक्ति सक्रिय छ भने मानसिक चोटले मनलाई दुखाइरहेको छ होला । काखको छोरो त सकिएको थियो गर्भकै सन्तानको पनि हत्या गरियो ।
आमाका अनुसार सुमित्रा घाँटी रेटिएको र पेटमा छुरी धसिएको अवस्थामा आमासँग प्राणको गुहार माग्न गइन् । जतिवेला उनको छोरोले संसार छोडिसकेको आमालाई भनिन् । उनलाई छिमेकीले अस्पताल सम्म पुराएछन् । प्रहरी मुचुल्का अनुसार ३३ देखि ३५ वर्षकी सुमित्रा, उनका श्रीमान् ३८ देखि ४० वर्षिय रामजी घले र उनीहरुका छोरा १०/११ वर्षका छन् ।
संयोगबस घटनामा परेका दुइ जना नै हाल सम्म जीवित छन् । सत्य खुलाउने उनीहरुले नै हो । तर सामान्य प्रकृति हेर्दा सुमित्राका श्रीमान् रामजीले नै घटना घटाएको सबैको अनुमान छ । सुमित्राले नै मेरो हत्या रामजीले गरेको हो भनेर आफ्नै रगतले भित्ता लेखेको उनकी आमाले बताएकी छन् । रामजीलाई अप्रेसन पछि अस्पताल भेट्दा उनको शरिर भरि नै रगतै रगत छ जसले गर्दा पनि शंका गर्न बाध्य बनाउँछ । जे होस् हिजो सुत्नेवेला सम्म मिलेको जोडीमा खटपट कसरी आयो होला त ? गर्भको बच्चाको हत्या किन गरे ? कलकलाउँदो बालक छोराको हत्या किन गरे ? उनीहरुको षड्यन्त्रपूर्वक हत्या गरिएको हो भने हत्यारा रामजी नै हो भनेर श्रीमतीले नै श्रीमानको नाम किन लेखिन् ? साथीहरुका अनुसार उनीहरुको झगडा हुन्थेन् । मिलेको जोडी थियो । खटपट पनि थिएन । रामजीले रक्सी पनि खान्थेनन् । यी सबै रहस्यमय छन् । उनीहरु कुशल भएपछि सबै कुरा बाहिर आउने छ । हामी यसको जानकारी गराइरहने छौं ।

भिडियाे तल छ

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger