Latest Updates :

'कहिँ कतै'को नयाँ गीत रिलिज, हिमालको काखमा उमा र किशोरको प्रेम (भिडियो)

SHARE THIS POST :
काठमाण्डौ। श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘कहिँ कतै’को नयाँ गीत 'यो मौसम'को भिडियो सार्वजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक यस गीतमा सचिन सिंहको सङ्गीत रहेको छ भने थुप्देन भुटिया र मेलिना राईको स्वर रहेको छ । शब्द रचना मनोज राजको रहेको छ ।
कमल राईले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा 'बेबी' गिरीको अभिनय रहेको छ । गीतको भिडियोमा भारतको सिक्किम वरपरका मनोरम हिमाली दृश्यहरू रहेका छन् ।
यो चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । शिवानी र सोनमले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । कहिँ कतै'लाई शबिर श्रेष्ठले लेखन-निर्देशन गरेका हुन् ।
सिक्किम स्थायी घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।
शिव ढकाल र बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger