Latest Updates :

पूर्व पश्चिम लोकमार्गमा बस पल्टिँदा १५ घाइते

SHARE THIS POST :
चितवन । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका-१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो।

दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ। जसमध्ये एकको अवस्था गम्भीर रहेको छ। अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger