रौतामाई गाउपालिका वार्ड नम्बर ३ घर भई हाल त्रियुगा नगरपालिका ११ मा घरभाडा लिएर बस्ने १८ बर्सीय लोकेन्द्र बीकले कोठामा दिदि लाई तरकारी लिन पठाई पंखामा झुण्डाउन को लागी बनाईएको फलाम को डन्डी मा दिदि को सल को पासो बनाई झुण्डिएर आत्महत्या गरेका वार्ड नम्बर ११ को सदस्य जित बहादुर खड्काले बताए।
घटना को सूचना प्राप्त भयपछी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठ को टोलीले आफन्त, छर छीमेकी सहितको सर्जमिन मुचुल्का उठाई सबैको रोहबर मा ढोका फोरी हेर्दा निज सल को पासो लगाई झुण्डीएको र उनले लगाएको पाईन्ट को गोजीमा मर्नु भन्दा अगाडी लेखेको पत्र समेत फेलापरेको थियो ।
सो पत्र मा उनले मलाई माफ गरिदिनु होला बाबा ममी तथा मार्मिक शब्द हरुले लेखेको पत्र समेत हेरी निज को सबै कानुनी कुरा पुरा गरी निजको पोस्टमार्टम समेत गरी उनको परिवारको जिम्मा लगाउने प्र नीश्रेष्ठ ले बताए ।
उसको बुवा हर्क बहादुर बीक बैदेशिक रोजगारी मा रहेको र गाइघाट मा उनिहरु कोठा भाडामा बसेर पढ्ने गरेका थिए । शिखर न्युजबाट
Post a Comment