Latest Updates :

नेपाली कुकलाई अष्ट्रेलियामा २३ वर्ष जेल

SHARE THIS POST :
बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायिका निक जोनासबीचको सम्बन्धको खबर फैलिरहेका बेला एकपटक पुनः यी दुईलाई सँगै देखिएको छ । दुबैलाई लज एन्जेलिसमा डिनर डेटमा देखिएको हो । प्रियंकाले उक्त भेटमा कालो रङको लुगा लगाएकी थिइन् भने निकले कालो र सेतो प्रिन्टेड सर्ट, कालो ज्याकेट र जिन्स लगाएका थिए ।

केही दिन अघि ३५ वर्षीया प्रियंका २५ वर्षे अमेरिकी गायक निक जोनाससँगको प्रेम सम्बन्धमा रहेको खबर सार्वजनिक भएको थियो । दुबैका केही तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि यी दुईबीचको सम्बन्धबारे चर्चा चुलिएको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger